logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनचाँदीको मूल्य कति ?


अंकुरण खबर
988
Shares

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा चाँदी ५ रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुन तोलामा ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।