प्रहरीले भरुवा बन्दुक एक थान सहित गुल्मीबाट एक युवकलाई पक्राउ गरेको छ । मंगलबार राति मालिका गाउँपालिका–४ का ३७ वर्षीय भक्त बहादुर रानालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पुर्कोटदह र अस्थायी प्रहरी पोष्ट अर्खाबाङबाट खटिएको प्रहरीले उनलाई बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।