logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नक्कली हस्ताक्षर गरी चोरी गर्ने ६ जना पक्राउ


अंकुरण खबर
871
Shares

काठमाडौं – राजधानीका विभिन्न बैंकबाट करिब २० लाख रुपैयाँ चोरी भएको छ । चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका-३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङगलकोट नगरपालिका-३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोक ३० वर्षीय गोविन्द घिमिरे रहेका छन् ।

नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो । यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको पाइएको छ ।

उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ छ ।