logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ८ अंकको सुधार


अंकुरण खबर
962
Shares

काठमाडौं – लगातार गिरावट भइरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार भने सुधार भएको छ । आज नेप्से ८.३० अंकले सुधार हुँदा परिसूचक १११७.४६ बिन्दुमा पुगेको छ ।

कुल १६५ वटा कम्पनीको ७ लाख ३८ हजारभन्दा बढी कित्ता शेयर २१ करोड २३ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । परिसूचक वृद्धि भए पनि आज कारोबार रकम र संख्या भने अघिल्लो दिनभन्दा कम होे । आज कारोबारमा आएका समूहमध्ये व्यापार समूहबाहेक सबै समूह बढेका छन् ।

आज एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  आज रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

अघिल्लो साता उच्च नाफा गरेका साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको करिब ७ प्रतिशतले शेयर मूल्य घटेको छ ।