logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज मध्यरातबाट मौन अवधी शुरु


अंकुरण खबर
962
Shares

काठमाडौं – निर्वाचन आयोगले उपनिर्वाचनमा आचार संहिता पालना गर्न आग्रह गरेको छ। आयोगले आज पत्रकार सम्मेलन गर्दै आज राति १२ बजेबाट मौन अवधी शुरु हुने जानकारी दिएको छ।

मौन अवधीभर सञ्चार माध्यम तथा सोसल मिडियाबाट मत माग्न तथा निर्वाचनको प्रचार गर्न निषेध गरिएको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले भने, ‘मौन अवधिमा आफ्ना वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर, एसएमएस तथा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न निषेध गरिएको छ।’

उनले उपनिर्वाचनका लागि आयोगबाट आवश्यक तयारी पूरा भएको पनि बताए। आयोगले मौन अवधीमा मतदातालाई आश्वासन, प्रलोभन, डर,धाक दिएर आतैंकित नपार्न पनि आग्रह गरेको छ।

आयोगले मतदातालाई उपनिर्वाचन उत्सवको उल्लासमय अवसरको रुपमा लिई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान समेत गरेको छ।

यहि मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा,र स्थानी तहका गरी रिक्त ५२ पदमा उपनिर्वाचन हँदैछ।