logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँची दुर्घटनामा मृतकको संख्या १८ पुग्यो


अंकुरण खबर
1.066K
Shares

अर्घाखाँचीको सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु. २ ख २१४८ नम्बरको बस नरपानी नजिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा १४ जना घाइते भएका छन् ।

बस सडकबाट करिव ३ सय मिटर तल भिरबाट खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा अर्घाखाँची सन्धिखर्क-७ कालीचौरका १८ वर्षीया माया पुरी, सोही ठाँउका १० वर्षीया मनिका खड्का, शितगंगा-२ सीतापुर झिर्राका २७ वर्षीया सीता बस्नेत र बस चालक करिव ३० वर्षीय वसन्त क्षेत्री रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा १२ जना पुरुष ६ जना महिला रहेक छन् । घाइते १४ जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।