logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिप्पर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो


अंकुरण खबर
832
Shares

हुम्लाको सिमकोट गाउँपालिका–७ नाग्मामा टिप्पर दुर्घटना हुँदा मृत्यु हुनेको ४ पुगेको छ ।

बुधबार खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकाम सिमकोटका लागि छुटेको लु ४ ख ३२६९ नम्बरको टिप्पर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा हुम्लाको नाम्खा गाउँपालिका –१ हेक्पा गाउँका नरी लामा, छिरिङ तार्मा लामा र खार्पुनाथ–१ प्यूस गाउँका बर्बजंग शाही रहेका छन् ।

अन्य ११ जना घाइते भएको र उनीहरुको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।