मोरङको कानेपोखरी गाउँपालिका -६ का २३ वर्षीय सिमन मगर लागुऔषधसहित पक्राउ परेका छन् ।
प्रहरी चौकी रमाइलोबाट गस्तीमा निस्किएको प्रहरी टोलीले मगरलाई बुधबार राती ११ बजे पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले चेकजाँचका क्रममा साथबाट लागुऔषध बरामद भएपछि मगरलाई पक्राउ गरिएको जानकारी दिए ।
मगरको साथबाट लागुऔाषध नाइट्रोभेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद भएको उनले बताए ।