logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भ्यानको ठक्करबाट युवतीको मृत्यु


अंकुरण खबर
754
Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ जलाखुमा आज बिहान भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएकी २५ वर्षीया ज्योती मगर रहेको प्रहरीले जनाएको छ ।

बा १२ च ५६४० नम्बरको पानी ढुवानी गर्ने भ्यानले ठक्कर दिँदा गम्भिर घाइते भएकी मगरको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने भ्यान र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी बृत ठिमीले जनाएको छ ।