काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अर्घाखाँचीको सन्धिखर्कमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
‘बस दुर्घटनाको खबरले निकै मर्माहित भएको छु, उनले भने, ‘दुर्घटनामा परेर निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु। साथै, दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको जतिसक्दो चाडै सुविधा सम्पन्न अस्पतालमा उपचारको प्रबन्ध मिलाउन सरकारसँग अनुरोध गर्दछु।‘
सडक दुर्घटना निर्मुल गर्न जतिसक्दो चाडो विशेष अभियान अघि बढाउन समेत देउवाले सरकारलाई अनुरोध गरेका छन्।
सन्धिखर्कबाट बुटवलका लागि छुटको लु २ ख २१४८ नम्बरको बस बुधबार सन्धिखर्क नगरपालिकस्थित घुम्ती र नरपानीको बीचमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो। दुर्घटनामा परी १६ जना घाइते भएका छन्।