logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हप्ता दिनअघि हराएका बालक स्कुले झोला र पोसाकमै मृत फेला


अंकुरण खबर
871
Shares

जुम्ला, पातारासी गाउँपालिका–५ लासीका हप्ता दिनअघि हराएका एक बालक मृत अवस्थामा फेला परेका छन् ।

सोही ठाउँका ९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका हुन् ।

हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ । स्कुले झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका छन् ।

उक्त बालकको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ ।