logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२५ हजार घुससहित गोकर्णेश्वरका वडा सचिव पक्राउ


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – गोकर्णेश्वर नगरपालिका–५ का वडा सचिव दिनेश बाँस्कोटा सेवाग्राहीसँग घुस लिदा लिदै पक्राउ परेका छन् ।

घर जग्गा एकीकृत सम्पत्ति कर तिर्न र व्यवसाय दर्ता गर्न वडा कार्यालय आएका सेवाग्राहीसँग घुस लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।

‘घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट गएको टोलीले वडा सचिव दिनेश बास्कोटालाई २५ हजार घुस रकम लिइसकेको अवस्थामा उक्त घुस रकमसहित गोकर्णेश्वर नगरपालिका–६ स्थित लक्ष्मीनारायण मन्दिर परिसरबाट  नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।