logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर चिसो बढ्यो, उपत्यकामा आज यस वर्षकै बढी चिसो


अंकुरण खबर
780
Shares

काठमाडौं – काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । आज बिहान उपत्यकाको न्युनतम तापक्रम सात डिग्री सेल्सियस मापन भएको छ ।

बिहीबार न्युनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो भने बुधबार ८ दशमलब ७ डिग्री सेल्सियस थियो ।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

यसैगरी हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातपछि बालीनाली सप्रिने भन्दै किसान खुशी भएका छन् ।