logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भ्यानको ठक्करबाट ट्याक्टरमा सवार एक किशोरकी मृत्यु


अंकुरण खबर
754
Shares

सुनसरी, कोशी गाउँपालिका–१ मा आज बिहानै पिकअप भ्यानको ठक्करबाट ट्याक्टरमा सवार एक किशोरकी मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोशी गाउँपालिका–५ की १५ वर्षीया तुलसी कुमारी सदा रहेको प्रहरीले जनाएको छ । धान बोकेको को २ त ४०८३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आउँदै गरेको को १ च ८६६८ नम्बरको भ्यानले आज बिहान साढे ३ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार रहेका दुवै सवारी साधनका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।