काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल, भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् ।
नेपाल–चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको भन्दै हालै सी चिनफिङ र मोदीबीच भएको ‘टु प्ल्स वान’ अवधारणा उपयुक्त नहुने बताएका हुन् ।
त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको पनि उनले बताए ।