logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली खतरामुक्त, ७ दिनमा डिस्चार्ज


अंकुरण खबर
1.547K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेका छन् ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ दिनसम्ममा डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन् ।

शुक्रबार अस्पतालमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरूले भने, ‘७ दिनभित्र उहाँलाई पठाउन सकिन्छ कि भन्ने छ । १० दिनभित्र नियमित काम गर्न सक्नुहुन्छ भन्ने विश्वास लिएका छौं ।’

प्रधानमन्त्रीको स्वास्थ्यमा सोचेभन्दा सुधार आएको चिकित्सकहरूले बताए । चार दिनअघि मंगलबार ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।