logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल ओभेरटेक गरेको आरोपमा युवाको हत्या


अंकुरण खबर
1.495K
Shares

काठमाडौं – मोटरसाइकल ओभेरटेक गरेको निउमा कंचनपुरमा एक युवाको हत्या भएको छ ।

कञ्चनपुरको महाकाली नगरपालिका-३ का २२ वर्षिय दिपक पन्तको बिहीबार चक्कु प्रहार गरी हत्या भएको हो । चक्कु प्रहारपछि गम्भिर घाइते भएका पन्तलाई उपचारका लागि भारतमा पुर्‍याए लगतै उनको मृत्यु भएको हो ।

मोटरसाइकल ओभेरटेक गरेको आरोपमा युवाको एक समूहले भीमदत्त नगरपालिका ४ गोवरैयामा उनकै बुवाको आखा अगाडि पन्तमाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए।

घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिई अनुसन्धानको भइरहेको प्रहरीले जनाएको छ ।