काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाला सुन ३ सयले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन तोलामा ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।