logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दैलेखमा सवारी दुर्घटना, तीनको मृत्यु १३ घाइते


अंकुरण खबर
2.561K
Shares

काठमाडौं – दैलेखको गुराँस गाउँपालिका–४ मुङ्ग्राहामा आज सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्।

सुर्खेतबाट दैलेख जाँदै गरेको भे१ज १०२९ नम्बरको गाडी दुर्घटनामा पर्दा तीन जनाले घटनास्थलमै ज्यान गुमाएका हुन् । गाडी दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।

घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी हरि वलीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।