काठमाडौं – प्रहरीले नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी, चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती र धादिङको नीलकण्ठ नगरपालिका–९ का मधुसुदन दवाडी रहेका छन् ।
उनीहरुमा प्रहरी र सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोप छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विभिन्न विद्यालय र क्याम्पसका शैक्षिक प्रमाणपत्रसहित ३ जनालाई पक्राउ गरेको हो ।