logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु


अंकुरण खबर
832
Shares

काठमाडौं – ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धनकुटा नगरपालिका-१ हिलेमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

धनकुटाको सिधुवाबाट हिलेतर्फ काठका गोलिया बोकेर आउँदै गरेको को१ज ८७२१ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो।

दुर्घटनामा धनकुटा नगरपालिका-१ सिजाली गाउँ घर भएका ट्याक्टर चालक ४५ वर्षीया राजकुमार सिजाली मगर र सहचालक २८ वर्षीय दलबहादुर सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।