logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निजगढमा बस दुर्घटना २५ घाइते, १९ को अवस्था गम्भिर


अंकुरण खबर
1.053K
Shares

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ स्थित सडक खण्डको उनासी पुलबाट यात्रुबाहक बस तल खस्दा २५ भन्दा बढी यात्रु घाइते भएका छन् । घाइते मध्ये १९ जनाको अवस्था गम्भिर रहेको छ ।

जनकपुरबाट भैरहवातर्फ तिव्र गतिमा आई रहेको ना ४ ख ७९९० नम्बरको यात्रुबाहक बसको आज अचानक पट्टा भाचिएर अनियन्त्रित भई दुर्घटना हुँदा बस पुलको दक्षितर्फबाट करिब १० फिट तल झरेर पल्टिएको प्रहरीले जनाएको छ ।

घाइते २५ जना मध्ये गम्भिर घाइते १९ जनालाई वीरगंजको नारायणी अस्पताल, नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको छ भने अन्य घाइतेको निजगढ सामुदायिक अस्पतालमा उपचार भई रहेको बारा प्रहरीले जनाएको छ ।

यसैबिच दुर्घटनामा गम्भिर घाइते भएका नेपाली सेनाका पाच जना जवानलाई हेलिकप्टरमार्फत बीरगंजबाट सेनाले थप उपचारका लागि काठमाडौं ल्याइएको जनाइएको छ ।

बसमा ४० जना भन्दा बढी यात्रु रहेका थिए ।