logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिद्धबाबाविरुद्ध बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी


अंकुरण खबर
559
Shares

काठमाडौं – सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोप लगाएकी हुन्। महिलाको उजुरीपछि थप अनुसन्धानका लागि उनलाई पक्राउ गर्न लागिएको सुनसरी प्रहरीले जनाएको छ । सिद्धबाबाले गत कार्तिक ४ मा आफ्नै अनुयायी महिलालाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ।

गिरीविरूद्ध जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो।