logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा उपनिर्वाचन हुने क्षेत्रमा बिस्फोट


अंकुरण खबर
1.3K
Shares

काठमाडौं – वडा अध्यक्षका लागि उपनिर्वाचन हुने क्षेत्रमा लक्षित गरेर दाङमा बम बिस्फोट भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा न १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । आज बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए ।

बिस्फोटबाट कुनै क्षति भने भएको छैन । कसले के बिस्फोट गराएको हो भन्ने खुलेको छैन। आज घोराही १६ मा वडा अध्यक्षका लागि मतदान हुँदैछ