logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कास्की क्षेत्र नम्बर २ का दुई मतदान स्थलमा बम विस्फोट


अंकुरण खबर
6.279K
Shares

कास्की – उपनिर्वाचन भइरहेको कास्की क्षेत्र नम्बर २ का दुई मतदान स्थलमा बम विस्फोट भएको छ ।

सरस्वती टीका मावि भरतपोखरी र महेन्द्र मावि नयाँबजार पोखरा मतदानस्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन ।

नयाँबजारमा मतदानस्थलबाट लगभग ५० मिटर टाढा र भरतपोखरीमा एकसय मिटर टाढा विस्फोटन भएको प्रहरीले जनाएको छ । विस्फोटपछि पनि मतदान रोकिएको छैन । बम कसले बिस्फोट गराएको भन्ने खुलेको छैन ।