logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीको बुंदीकाली-५ मा ६ सय १५ मत खस्यो


अंकुरण खबर
767
Shares

पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका – ५ मा वडाअध्यक्षका लागि शुरु भएको मतदाना शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

शनिबार विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । स्थानीय ५४ बर्षीय महिला धनमाया सुनारीले पहिलो मतदान गरेर मतदान शुरु गरेकी हुन् ।

८ सय ५३ जना मतदाता रहेका यस वडामा ६ सय १५ मत अर्थात जम्मा मतको ७२ दशमलब ०९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा महिलाको ३ सय ५८ र पुरुषको २ सय ५७ मत खसेको छ ।

मत खसेको मतदान सकिए लगतै बुंदीकाली गाउँपालिकाको कार्यालय रहेको स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा रातिदेखि नै मतगणना शुरु भएको छ । वडाअध्यक्ष दलबहादुर खरु मगरको निधन भएपछि यहाँ वडाअध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो ।

वडाअध्यक्षमा नेकपाबाट मृतकका जेठा छोरा खिमबहादुर थापा खरु मगर, नेपाली काँग्रेसबाट मृतकका साला तुलबहादुर राना मगर र समाजवादी पार्टीबाट पितमबहादुर राना मगरले उम्मेदवारी दिएका छन् ।