logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

काठमाडौंको गोगंबुबाट आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ


अंकुरण खबर
2.548K
Shares

काठमाडौं – काठमाडौंको गोंगबमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

महाराजगन्ज प्रहरीले छोरी करनी गर्न खोजेको आरोपमा उनलाई आज बिहान पक्राउ गरेको हो । मंगलबार राति करिब साढे १ बजे आफ्नै २२ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको गरेका थिए ।

प्रहरीका अनुसार टोखा नगरपालिका वडा नम्बर ९, गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० घर भएका ४० वर्षीय गणेश तामाङलाई पक्राउ परेका हुन । तर उनलाई प्रहरीले गोप्य राखेको छ।

अहिले आरोपित तामाङलाई महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ भने पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि प्रसूतिगृह थापाथली पठाइएको छ ।