काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आधा किलो सुन सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउपर्नेमा भारतीय नागरिक महाराष्ट्र, उमाशंकर थानी बस्ने हरिराम सुनिल रहेका छन् । उनलाई मँगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।
दुबई एयरलाईन्स हुदै नेपाल आउदै गरेका उनलाई विमानस्थलमै चेकजाँच गरिएको थियो । चेकजाँचका क्रममा आधा किलो सुन सहित उनी पक्राउ परेका हुन् । अहिले उनको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।