logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चार अर्ब ५० करोड कर तिर्यो एनसेलले


अंकुरण खबर
1.209K
Shares

काठमाडौं –  सरकारलाई दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ ।

सर्वोच्च अदालतको आदेशानुसार सेयर स्वामित्व खरिद बिक्री प्रकरणमा निर्धारण भएको २२ अर्ब ४४ करोड ५३ लाख लाभकरमध्ये एनसेलले पहिलो किस्ताको रुपमा ४ अर्ब ५० करोड रुपैयाँ लाभकर बुझाएको हो ।

ठूला करदाता कार्यालयले २२ मंसिरमा पत्र पठाउँदै एनसेललाई १५ दिनभित्र लाभकर बुझाउन ताकेता गरेको थियो । पत्र पठाएको दशौं दिनमा एनसेलले सो रकम बुझाएको छ ।

एनसेलले भने निर्धारण गरिएको सबै लाभकर एकैपटक बुझाउन नसक्ने भन्दै किस्तामा कर बुझाउने सुविधान प्रदान गर्न माग गरेको थियो । किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।