logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलंकीको नेपाल नेशनल अस्पतालमा प्रत्येक बुधबार निःशुल्क ओपीडी सेवा सञ्चालन हुने


अंकुरण खबर
1.183K
Shares

कलंकीको नेपाल नेशनल अस्पतालले अंग्रेजी नयाँ वर्षको सुरुवातसंगै प्रत्येक बुधबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।
सेवारत भावले अस्पतालमा विहान १० बजेदेखी साझ ५ बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको अस्पतालमा निर्देशक डा.प्रकाश पौड्यालले जानकारी दिए । अझै पनि अधिकांश मानिसमा रोगका लक्षण नदेखिएसम्म स्वास्थ परीक्षण नगर्ने वानी रहेकाले आफुहरुको यो प्रयासले केही हदसम्म स्वस्थ मानिसले पनि स्वास्थ परीक्षण गराउनु पर्छ भन्ने भाव पैदा गराउने डा.पौड्यालको विश्वास छ ।

अस्पतालमा रहेका अन्य उपचार सुविधामा पनि ७ देखि १० प्रतिशत छुट रहेको अस्पताल प्रसाशनले जनाएको छ । यो अबसरको लाभ लिन बिरामी तथा अन्य व्यक्तिलाई अस्पतालले आग्रह समेत गरेको छ ।