राजबिराजको छिन्नमस्ता गाउँपालिकामा प्रहरी र जेष्ठ नागरिकबीच झडप भएको छ । वृद्धभत्ता समयमै पाउनुपर्ने माग गर्दै मंगलबार गाउँपालिका कार्यालय घेर्न आएका जेष्ठ नागरिकलाई प्रहरीले नियन्त्रण गर्न खोजेपछि दुई पक्षबीच झडप भएको हो ।
सरकारले वृद्धवृद्धा, जेष्ठ नागरिक, एकलमहिला, अपाङ्ग र दलितलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर छिन्नमस्ताका जेष्ठ नागरिकले भने महिनौदेखि भत्ता पाएका छैनन् ।
भत्ता नपाएपछि एक हजारभन्दा बढी जेष्ठ नागरिकले गाउँपालिका कार्यालय घेराउ गरेका छन् । जेष्ठ नागरिक र प्रहरीबीचको झडपको कारण छिन्नमस्ता गाउँपालिका तनावग्रसत बनेको छ ।