logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु


अंकुरण खबर
715
Shares

एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ । एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए ।

जिल्ला प्रहरी कार्यालय,सुनसरीका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो ।

घटना हेर्दा दुबै सवारीसाधन तीब्रगतिमा भएको अनुमान छ । एम्बुलेन्स उपचार गर्न विराटनगरको गोल्डेन अस्पताल ल्याईएकी महिलाको उपचारका क्रममा निधन भएपछि उनलाई लिएर उदयपुर फर्कदैं थियो । घटनाबारे थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।