logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा काँग्रेस उम्मेदवार अगाडि


अंकुरण खबर
1.469K
Shares

काठमाडौं – भक्तपुर प्रदेशसभा–१ (क) मा काँग्रेस उम्मेदवार अगाडि आएका छन् ।

प्रदेशसभा सदस्यका लागि शनिबार भएको मतदानको जारी मतगणनामा काँग्रेस उम्मेदवार कृष्णलाल भँडेलले ९ हजार ९५ मतसहित अग्रता लिएका छन् । नेकपाका देवीप्रसाद ढकालले ६ हजार ७ सय ८३ मतका साथ भँडेललाई पछ्याइरहेका छन् ।

यस्तै नेमकिपाका निरज लवजुले २ हजार ६४ प्राप्त गरेका छन् । आइतबार बिहान सात बजेसम्म चाँगुनारायण नगरपालिकाका १,२,३,४,५ र ६ नम्बर वडाको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल ४५ हजार १५ मतदाता रहेको उक्त प्रदेशमा ३१ हजार ६५२ मत खसेको थियो ।