logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्घाखाँचीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु


अंकुरण खबर
1.833K
Shares

कठमाडौं – ट्याक्टरको ठक्करबाट अर्घाखाँचीको सन्धिखर्क ६ नरपानी जगतका ७ बर्षिय गोकुल थापाको मृत्यु भएको छ।

सन्धिखर्कबाट रतले तर्फ जादै गरेको लु ३ त १८१८ नम्बरको ट्याक्टरले शनिबार साँझ रतलेमा ठक्कर दिएपछी गम्भिर घाईते भएका थापाको उपचारको क्रममा चौराहा अस्पताल प्राली बुटवलमा आज बिहान मृत्यु भएको हो ।

उनिसँगै रहेका भुमिकास्थान नगरपालीका ६ खिल्जीका ८ वर्षीय अनुराग जिसी गम्भीर घाइते भएका छन् ।  जिसीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको बताइएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।