logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीलाई मिर्गौला फेर्न विदेश लाने तयारी


अंकुरण खबर
1.469K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गौलाले काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यरोपणका लागि नजिकका आफन्तहरूको मिर्गौला परीक्षण भइरहेको छ।

प्रधानमन्त्री ओली नियमित डायलासिसमा छन्। डायलासिसपछि पनि सक्रिय रहँदै आएका प्रधानमन्त्री ओलीलाई गत सोमबार मध्यरातबाट अचानक पेट दुखेपछि मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओली अझै शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। नागरिक दैनिकमा खबर छ ।