काठमाडौं – दाङ-३ को प्रदेश (ख) को उपनिर्वाचनमा नेकपाले सुरूआती अग्रता लिएको छ ।
नेकपाकी उमेदवार विमला वलीले ८३१ मत पाएकी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उमेदवार केशवराज शर्माले २६२ मत पाएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा मतगणना बिहान ९ बजेबाट शुरू भएको हो ।
दाङ-३ (ख) ६८ हजार ७१९ मतदाता मध्ये ४५ हजार ७१८ ले मत खसालेका थिए ।