logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा ढिस्कोले पुरिएर एउटै गाउँका पाँच जनाको मृत्यु


अंकुरण खबर
3.458K
Shares

पोखरा महानगरपालिका–२० मौजामा ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितबहादुर बस्नेत, तोभान बस्नेत, गणेश ओली, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।

मृत्यु हुने सबै जना सल्यानको बागचौर नगरपालिका–४, पेदीखोलाका एउटै गाउँका हुन् । उनीहरु पोखरा महानगरको कनेक्टिभिटी सडक निर्माणको काम गर्दै आएका थिए ।

पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा आइतबार बिहान ढिस्को खसेर मजदुर पुरिएका थिए ।