logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार, शल्यक्रिया गरिएको घाउ निको हुँदै


अंकुरण खबर
2.236K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ पनि निको हुँदै गएको छ ।

मिर्गौलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ,’ उपचारमा सम्लग्न महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले भने ।

उपचारमा संलग्न चिकित्सकका अनुसार, ‘‘हामीले आवश्यक सबै कुरामा ध्यान दिएका छौँ । शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो साता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि १० मंसिरमा सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।