logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरबाट ५० पाकेटमार पक्राउ


अंकुरण खबर
754
Shares

रामजानकी विवाहपञ्चमीको बेला पाकेटमारीविरुद्ध धनुषा प्रहरीले विशेष अभियान चलाएको छ । पाकेटमारी गर्दै हिँडेका ५० जनाभन्दा बढी पाकेटमारलाई प्रहरीले पक्राउ गरेको हो ।

विवाहपञ्चमी महोत्सवमा दर्शनार्थीहको भीडभाडको मौका छोपी पाकेटमारी गर्ने ५० जनाभन्दा बढीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पाकेटमारी गर्ने अधिकांश भारतीय र महिला रहेको प्रहरीले जनाएको छ । जानकी मन्दिर, रंगभूमी मैदान बाह्रविघा, राममन्दिर लगायतका भीडभाड हुने क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिइ केहीलाई जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षमा राखिएको छ भने नटेकाहरुलाई तरापट्टी र जटही प्रहरी चौकीमा राखिएको छ ।

यस्तै तिर्थालुहरुबाट अत्याधिक रकम अशुली गर्ने एकजना होटेल सञ्चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।