logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सागमा आज कुन-कुन खेल हुँदैछन् ?


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत दशरथ रंगशालामा आज हुने पहिलो खेलमा बंगलादेश र भुटान खेल्दैछन् ।

यो खेल दिउँसो एक बजे सुरु हुनेछ । साँझ पाँच बजे माल्दिभ्स र श्रीलंका आमने सामने हुनेछन् । नेपालको खेल भने भोलीमात्र रहेको छ ।

आज भलिबलतर्फ कास्य पदकका लागि खेल हुँदैछ । सेमिफाइनलमा भारतसँग पराजित भएको श्रीलंका र पाकिस्तानसँग पराजित भएको बंगलादेश कास्य पदकका लागि प्रतिष्पर्धा गर्दैछन् । महिलातर्फ श्रीलंका र माल्दिभ्स कास्य पदकका लागि खेल्दैछन् । महिलातर्फको सेमिफाइनलमा श्रीलंका नेपालसँग र माल्दिभ्स भारतसँग हारेको थियो ।

आजदेखि करातेका खेलहरु संचालन हुँदैछन् । आज करातेमा आठ स्वर्णका लागि छिनोफानो हुनेछ । यस्तै तेक्वान्दोमा १० पदकको छिनोफानो हुनेछ ।

आज पोखरामा ब्याडमिन्टनका खेलहरु संचालन हुनेछन् । टिम इभेन्टसको सेमिफाइनल खेलहरु हुँदैछन् । आज नेपालको पुरुष र महिला दुबै टिमले फाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछन् ।

यस्तै आज टेनिस, खोखो, महिला क्रिकेट, फेन्सिङ, गल्फ, कबड्डी, स्क्वास, टेबल टेनिस, उसु, ट्रायाथलनका खेलहरु संचालन हुँदैछन् ।