logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु


अंकुरण खबर
1.222K
Shares

काठमाडौं – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा मोटरसाइकल दुर्घटना हुदाँ घटनास्थलमै २ जनाको मृत्यू भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत साइडमा रोकि राखेको ट्रिप्परमा ना ४३ प ३३४६नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएको हो ।

मृत्यू हुनेमा सैनामैना–६ बस्ने वर्ष २९ का नविन कंडेल, सोही ठाउँ बस्ने बर्ष ३१ का दिपक पन्थ रहेका प्रहरीले जनाएको छ ।

आइतबार राति १० बजेको समयमा तिव्र गतिका कारण मोटरसाइकल ठोक्किन पुुगेको प्रहरीले अनुमान गरेको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ ।