logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट एकको मृत्यु


अंकुरण खबर
988
Shares

काठमाडौं – काठमाडौंको कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै आज बिहानै टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।

आज बिहान सवा ५ बजे सडकको फोहोर उठाउँदै गरेका अन्दाजी ४० वर्षीय पुरुषलाई बल्खुबाट स्वयम्भुतर्फ जाँदै गरेको बा २ क ५७०५ नम्बरको टिपरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ ।

सवारी साधन लिएर फरार रहेका चालकलाई सिसी क्यामेराको सहायतामा मुड्खुबाट आजै प्रहरीले नियन्त्रणमा लिएको छ ।