काठमाडौं – प्रहरीले लुटिएको सुन सहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–८ का १८ वर्षीय सुरज ओली रहेको प्रहरीले जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी रोड बस्ने राहुल सुनारको बासुमार्ग स्थित केदारनाथ सुनचाँदी पसलबाट ३ तोला ११ लालको सुनको सिक्री र १ तोला ०.७ लालको सुनको ब्रासलेट गरी ४ तोला ११.७ लालको सुनका गरगहना लुटी ना ४३ प ८२६४ नम्बरको मोटरसाइकलबाट भाग्न खोज्दा ओलीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।