काठमाडौं – झापाको मेचीनगर नगरपालिका–६, तुर्केनीबाट १३ लाख रूपैयाँभन्दा बढीको सुपारी बरामद भएको छ ।
आज बिहान जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले ४ हजार ६ सय २० केजी अन्दाजी १३ लाख ८६ हजार रूपैयाँ बराबरको सुपारी बरामद गरेको हो ।
अवैध रूपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको सुपारी बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।