काठमाडौं – आज २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।‘दिगो विकासको लक्ष्य अपाङगमैत्री भविष्य’ भन्ने मूल नाराका साथ यसवर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदैछ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजनमा आज विभिन्न कार्यक्रम हुँदैछ भने गैरसरकारी संघसंस्थाहरुले पनि विभिन्न कार्यक्रम गर्दैछन् । २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङगता भएका ब्यक्तिहरुको संख्या सांढे पाँच लाख छ ।
विश्व स्वास्थ्य सङ्गठन र विश्व बैंकद्वारा सन् २०११ मा प्रकाशित पछिल्लो अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदनानुसार संसारमा कुल जनसङ्ख्याको १५ प्रतिशत मानिस कुनै न कुनै रूपमा अपाङ्गताको अवस्थामा बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले जनाएअनुसार अपाङ्गता भएका व्यक्ति ८० प्रतिशत विकासोन्मुख देशमा रहेका छन् ।
सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो ।