महागढीमाइ नगरपालिका–४ मा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको बरथहवा नगरपालिका ५ का ६० वर्षीय राजाराम राय रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार राति पौने १ बजे अनटेष्ट लेखिएको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा कलैया अस्पताल बारामा मृत्यु भएको हो ।
दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।