काठमाडौं – बागलुङ जिल्ला बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएको छन् ।
गुल्मी बाट जुग्जा खोला कुल पुजाको लागि हिँडेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा ९ जना महिला ४ जना पुरूष र १ बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईले पुष्टि गरे ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।