logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साग महिला फुटबलः नेपालको विजयी सुरुवात


अंकुरण खबर
858
Shares

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा नेपाल जित हासिल गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको श्रीलंकाविरुद्ध एक गोल गर्दै नेपालले जित निकालेको हो । पहिलो हाफ बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको नेपाली टिमकी सरु लिम्बुले ८७औं मिनेटमा गोल हानेकी थिइन् । पटक–पटक मौका पाउँदा पनि श्रीलंकाले गोल फर्काउन सकेन । सरु लिम्बुको एक गोलले नै नेपाली टिमले श्रीलंकाविरुद्ध जित निकालेको हो ।