पूर्वमन्त्री गोकर्ण विष्ट दुर्घटनामा गम्भीर घाइतेलाई लिन हेलिकोप्टर लिएर बडिगाड पुगेका छन् ।
बडिगाड-७ मा जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्कीलाई उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
बाग्लुङको बडिगाड दुर्घटनामा चालकसहित १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनालाई बडिगाड खोलाले बगाएर वेपत्ता बनाएको छ । जीपमा १८ जना सवार थिए ।