काठमाडौं – हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिनभर देशको पूर्वी र मध्य क्षेत्रमा आंशिक र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
राति देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।देशभर चिसो बढ्ने क्रममा छ । बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको थियो।